Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • इन्दिरा, पुनम र दीपाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    इन्दिरा, पुनम र दीपाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 819
    SHARES

    काठमाडौं । नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनीहरु त्रिभुवन आर्मी फुटबल क्लबका हुन् ।

    दशरथ रङ्गशालामा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै गोलरक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरे ।



    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ब्लेजरसहित उनीहरुको बिदाइ गरेको छ ।



    झन्डै १६ हजार घरेलुसमर्थकबीच हिजो भएको महिला साफ च्याम्यिनसिपमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार