Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • डेंगुका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो, १७ हजार ५०० संक्रमित

    डेंगुका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो, १७ हजार ५०० संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ३ गतेसम्म संक्रमितको संख्या १७ हजार ४९४ पुगेको छ ।



    हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ८७८ जनामा संक्रमण पुष्टि भएको छ ।



    त्यस्तै, काठमाडौंमा चार हजार ६७४, भक्तपुरमा ७१३ गरी उपत्यकामा डेंगी संक्रमितको संख्या १० हजार २६५ पुगेको छ ।

    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ६१० जनामा संक्रमण देखिएको छ ।

    डेंगु संक्रमण पहिचानका लागि साधारण प्रयोगशाला तथा क्लिनिकमा परीक्षण गराउने र आफैँले औषधि लिएर खाने गर्दा संक्रमितमा जटिलता थपिने भएकाले चिकित्सकको सल्लाहबिना औषधि नखान विज्ञहरुले सुझाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार