Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • माओवादीबाट चुनाव लड्न राजिनामा दिंदै कुलमान, नयाँ एमडीमा अधिकारीको चर्चा !

    माओवादीबाट चुनाव लड्न राजिनामा दिंदै कुलमान, नयाँ एमडीमा अधिकारीको चर्चा !

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 1.9K
    SHARES

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चुनाव लड्ने भएका छन् । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट राजिनामा दिएर घिसिङ काठमाडौंबाट चुनाव लड्ने योजनामा रहेको घिसिङ निकट स्रोत बताउँछ । त्यसका लागि घिसिङले आवश्यक तयारी गरिरहेका छन् ।

    रामेछापका घिसिङलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं क्षेत्र नं. ३ बाट चुनावी मैदानमा पठाउने तयारी गरेका छन् । घिसिङले पनि क्षेत्र नं. ३ नै रोजेकाले प्रचण्ड त्यसमा सहमत भएको बताइन्छ ।



    केही समय अघि मात्रै अध्यक्ष प्रचण्डले उपत्यकामा पार्टीको अवस्था चिन्ताजनक रहेको भन्दै काठमाडौंमा नयाँ अनुहारलाई चुनाव लडाउने संकेत गरेका थिए । भदौ १३ गते आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले भनेका थिए–‘निर्वाचन सेन्टिमेन्ट पनि भएकोले काठमाडौं महनगरका मेयर बालेन साहले भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपायको खोजी भइरहेको छ ।’



    चुनावी रिजल्ट निकाल्न उम्मेदवार पनि नयाँ–नयाँ ल्याउनुपर्ने अवस्था रहेको बताउँदै उनले भनेका थिए–‘निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो । बालेनले के जित्यो, सेन्टिमेन्टले जित्यो हामीले पनि बालेन भन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्देछौं । सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’

    घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा दोस्रो पटक कार्यकारी निर्देशक बनाउन सहयोग गरेका प्रचण्डले चुनाव जितेको खण्डमा उर्जामन्त्री बननाउने आश्वासन दिएको पनि बताइएको छ । पहिलो पटक विद्युत प्राधिकरणको कार्याकारी निर्देशक हुँदा लोडसेडिङ हटाएर वाहीवाही कमाएका घिसिङले दोस्रो पटक भने सोचे अनुरुपको काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । विभिन्न ठेक्कापट्टामा समेत आर्थिक मोलमोलाइ गरेको आरोप उनीमाथि लाल्दै आएको छ ।

    पार्टीको अवस्था दिनप्रतिदिन खस्किदै गाएपछि अध्यक्ष प्रचण्डले पार्टीलाई उक्साउनकै लागि घिसिङलाई चुनाव लड्न आग्रह गरेको माओवादी निकट स्रोत बताउँछ । चुनावी मैदानमा आउन लागेका घिसिङ पछिल्लो समय अध्यक्ष प्रचण्ड, उर्जामन्त्री समेत रहकी नेता पम्फा भुषाललगायत माओवादीका शिर्ष नेताहरुसँग छलफलमा रहेको बताइन्छ ।

    केही दिन भित्रै राजिनामा दिएर उम्मेदवार घोषणा गर्ने तयारीमा रहेका घिसिङ पछिल्लो समय प्राधिकरणको काम भन्दा पनि राजनीतिक भेटघाटमा व्यस्त छन् । उनले प्राधिरकणलाई खासै समय नदिएको प्राधिकरणकै कर्मचारीहरु बताउँछन् । घिसिङले असोज २१ गते भित्र राजिनामा दिने तयारी गरेका छन् । यसबारेमा प्रतिक्रिया लिनका लागि कुलमानसँग अनलाइन नेपालले पटक पटक सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

    घिसिङले राजिनामा दिएपछि खाली हुने प्रमुख कार्यकारी पदमा घिसिङ निकट प्रवल अधिकारी आउने सम्भावना छ । विद्युत प्राधिकरणको विद्युत व्यापार विभागका निर्देशक रहेका अधिकारीलाई कुलमान घिसिङकै सल्लाह बमोजिम प्रमुख कार्यकारी निर्देशक बनाउन प्रचण्ड समेत सहमत भइसकेको स्रोतको दावी छ ।

    घिसिङको ‘राइट ह्यान्ड’ भनेर चिनिएका अधिकारीलाई प्राधिरणमा बसेर कसरी कमाउन र नेताहरुलाई रिझाउन सकिन्छ भन्ने ज्ञान भएकाले प्रचण्ड पनि एमडी बनाउन सहमत भएका छन् ।

    पछिल्लो समय घिसिङ ठेक्कापट्टाको सेटिङमा मुछिएका छन् । घिसिङकै योजनामा स्मार्ट मिटर र भ्याली म्यापिङको ठेक्कामा ठूलो सेटिङ भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनी आईएमएस जेभीसँग मिलेमतो गरी प्राधिकरणलाई करोडौं घाटा पुर्याएको भन्दै अख्तियारमा उजुरी परेको हो । घिसिङले ठेकेदार कम्पनीसँग सुटुक्क सेटिङमा आइएमएस जेभीलाई काठमाडौं उपत्यकाको जीआईएस म्यापिङको ठेक्का दिलाएका हुन् ।

    प्राधिकरणले काठमाडौं उपत्यकाको जीआईएस म्यापिङका लागि गरेको बोलपत्रमा किर्ते अनुभवको प्रमाणपत्र पेश गर्ने आइएमएस जेभीलाई छनौट गरेको हो । कार्यकारी निर्देशक घिसिङ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक मनोज सिलवालले परामर्श सेवा (कन्सलटेन्सी) को क्षेत्रमा कहिल्यै काम नगरेको आइएमएसलाई छनौट गरेका छन् । काठमाडौं उपत्यकाभित्रका प्राधिकरणका पोल, ट्रान्समिटर र अन्य मिटरहरुको जिआईएस म्यापिङ गर्नुपर्ने महत्वपूर्ण कार्यमा अनुभव नै नभएको आईएमएस जेभीलाई दिने क्रममा घिसिङ र सिलवालमाथि करोडौंको डिल गरेको आरोप छ । जीआईएस म्यापिङ गरेको प्रमाणपत्र पेश गर्नुपर्नेमा घर बनाएको अनुभवको प्रमाणपत्र पेश गरेकै आधारमा प्राधिकरणले आईएमएसलाई ठेक्का दिएको छ । जबकी कम्प्लेक्स निर्माणमा जीआईएस म्यापिङको आवश्यकता नै पर्दैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार