Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सन्दीप बचाउ अभियानले भन्यो – दुवै जनाको परिवारबीच वार्ता होस्, घटनामा सत्यता छैन

    सन्दीप बचाउ अभियानले भन्यो – दुवै जनाको परिवारबीच वार्ता होस्, घटनामा सत्यता छैन

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नावालिगमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा आवाज उठ्न थालेको छ । प्रहरी वृत्त गौशालामा उनीविरुद्ध भदौ २२ गते जबरजस्तीकरणी कसुरमा जाहेरी परेको थियो ।

    तर सन्दीप बचाउ अभियानले आज एक अपील जारी गर्दै सञ्चारमाध्यममा आइरहेका घटना विवरणमा सत्यता नरहेको दाबी गरेको छ । अभियानले सन्दीप र किशोरी दुवैका परिवारलाई वार्तामा राखेर घटनाको सफल अवतरण गर्न सरकारसँग अनुरोधसमेत गरेको छ ।



    अभियानका संयोजक मनिष सापकोटाले आज एक विज्ञप्ति जारी गर्दै सो अनुरोध गरेका हुन् । कानून र विधिलाई सबैले सम्मान गर्नैपर्ने भन्दै विज्ञप्तिमा घटनाको समाधानतर्फ आफूहरुले अग्रसरता लिएको उल्लेख छ ।



    ‘यही घटनाका आधारमा बाहिर आएको विवरणलाई नजिर मान्ने हो भने नेपालका जेलहरु भरिन सक्छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘समाजको संरचना नै बिग्रेर अराजकता र विद्रोहतिर समाज र युवा परिचालित हुन्छन् ।’

    अभियानले नेपाल सरकारलाई यस घटनाको मध्यस्थता गर्दै सबै पार्टीका युवा नेता र राज्य संयन्त्रलाई परिचालित गराई दुवै परिवारलाई वार्तामा राख्न अनुरोध गरेको छ । ‘यसले युवा, खेलक्षेत्र र अन्तर्राष्ट्रिय रुपमा नेपालकै गरीमा बढाई आगामी दिनमा यस्ता घटनाहरु दोहोरिन नदिन मद्दत पछि गर्छ,’ विज्ञप्तिमा भनिएको छ । सो प्रकरणपछि नेपाल क्रिकेट (संघ क्यान)ले राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको थियो ।

    लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको दुई हप्ता बितिसक्दा पनि उनी कहाँ छन् भन्नेबारे अझै प्रहरीले जानकारी पाउन सकेको छैन् । लामिछानेले एक हप्ता अगाडि ट्विट गर्दै आफूलाई नेपालको कानूनमा पूर्ण विश्वास भएको र केही दिनपछि सीपीएल छाडेर नेपाल फर्कने बताएका थिए । तर अहिले उनी सम्पर्कविहीन छन् ।

    उनी नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरी ल्याउने तयारी गरेको छ । सन्दीपलाई इन्टरपोलमार्फत खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार