Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • रुसबाट इन्धन आयात गर्ने पाकिस्तानको तयारी

    रुसबाट इन्धन आयात गर्ने पाकिस्तानको तयारी

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 723
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानले रुसबाट थप इन्धन आयात गर्ने सम्भावनाबारे छलफल सुरु गरेको छ ।

    पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भर्खरै भएको भेटपछि एक वरिष्ठ सरकारी अधिकारीले यस विषयमा भएको छलफलबारे जानकारी दिएका हुन् ।



    उज्बेकिस्तानको समरकन्दमा भर्खरै भएको सांघाई सहयोग सङ्गठनको सम्मेलनका क्रममा उनीहरूबीच भेट भएको हो ।



    पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनका अनुसार रुसी पक्षसँगको हालैको छलफलमा तेल आयात गर्ने सम्भाव्यताबारे छलफल भएको र रुसले यस प्रस्तावलाई सकारात्मक रूपमा लिएको पाकिस्तानी दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार