Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • इंग्ल्यान्डसँग पाकिस्तान ६ विकेटले पराजित

    इंग्ल्यान्डसँग पाकिस्तान ६ विकेटले पराजित

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 744
    SHARES

    एजेन्सी । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा इंग्ल्यान्डले पाकिस्तानलाई पराजित गरेको छ ।

    कराचीमा मंगलबार राति इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो ।



    पाकिस्तानले दिएको १ सय ५९ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।



    त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

    यस जितसँगै पाकिस्तान भ्रमणमा रहेको इंग्ल्यान्डले ७ खेलको सिरिजमा १-० को अग्रता लिएको छ ।

    इंग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको हो । इंग्ल्यान्डले पछिल्लो पटक सन् २००५ मा पाकिस्तानको भ्रमण गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार