Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल, ईतिहासले सदैव प्रशंसा गर्नेछ : कमल थापा

    राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल, ईतिहासले सदैव प्रशंसा गर्नेछ : कमल थापा

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय स्वाभाजिक भएको टिप्पणी गरेका छन् ।

    बुधबार बिहान समाजिक सञ्जालमार्फत उनले संविधान अनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक भएको दाबी गरेका हुन् ।



    ‘प्रादेशिक पहिचानसहितको नागरिकता, महिलाहरूको लैंगिक हकको कार्यान्वयन, वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।



    उनले राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल भएको दाबीसहित संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको समेत टिप्पणी गरेका छन् । उनले राजनीतिक स्वार्थ परिपूर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलांजलि दिने सरकारको प्रयास असफल भएको पनि उल्लेख गरेक छन् ।

    ‘राजनीतिकरुपमा विवादमा पर्ला, तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय ईतिहासले सदैव प्रशंसा गर्नेछ’, उनले भनेका छन्, ‘राजा वीरेन्द्रले समेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको सर्वविदितै छ ।’ नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिकालाई लिएर नेपालका राजनीतिक दल र नेताहरु दुई ध्रुवमा बाँडिएका छन् । केही नेताहरु राष्ट्रपतिको विरोधमा उत्रिएका छन् भने केही नेताहरु समर्थनमा खुलेका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार