Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • टुकुचाबारे अदालतको अल्पकालीन आदेशमाथि सुनुवाई हुँदै

    टुकुचाबारे अदालतको अल्पकालीन आदेशमाथि सुनुवाई हुँदै

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 918
    SHARES

    काठमाडौँ । टुकुचामाथि भएका घर–टहरा नभत्काउन उच्च अदालत पाटनले दिएको अल्पकालीन आदेशमाथि आज सुनुवाइ हुँदै छ ।

    अदालतले काठमाडौँ महानगरपालिकालाई असोज ५ गते छलफलमा बोलाएबमोजिम आज सुनुवाइ हुने भएको हो ।



    गत आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्‍याएर बनाएकाले उचित क्षतिपूर्ति नदिई संरचनाहरू हटाउन नमिल्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।



    महानगरको तर्फबाट कानुनी परामर्शको टोली छलफलमा जाने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

    महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासहित तीन जनाले शुक्रबार रिट दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार