Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • पूर्व कप्तान लामिछानेको आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्कियो

    पूर्व कप्तान लामिछानेको आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्कियो

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 831
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ ।

    सन्दीपको टी-ट्वान्टी बलिङतर्फको वरीयता खस्किएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार सन्दीप एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन् ।



    बलिङतर्फ नेपालका कुनै पनि खेलाडी छैनन् । यता ब्याटिङतर्फ भने कुशल भुर्तेल एक स्थानमाथि ५१ औँ स्थान तथा दिपेन्द्र सिंह ऐरी एक स्थानमाथि ५८ औँ स्थानमा उक्लिएका छन् । अलराउन्डतर्फ दिपेन्द्र १० औँ स्थानमा यथावत छन् ।



    १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार