Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर, आफ्नै खर्चमा काठमाडौं प्रस्थान

    अनशनरत डा.केसीको स्वास्थ्य अवस्था गम्भीर, आफ्नै खर्चमा काठमाडौं प्रस्थान

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 723
    SHARES

    कैलाली । स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै विगत १० दिन देखि अनसनरत डाक्टर गोविन्द केसी आफ्नै अर्चमा काठमाडौं हिँडेका छन् ।

    २० औं पटक कैलालीको धनगढीमा आमरण अनसनरत डाक्टर केसीलाई सरकारले एयर लिफ्ट गर्न खोज्दा जान नमानेका उनी आज धनगढी-काठमाडौँ नियमित हवाइ उडानबाट काठमाडौँ गएका हुन् ।



    सरकारी खर्चमा काठमाडौं नजाने घोषणा गरेका केसी बुधबार आफ्नै खर्चमा प्लेन टिकट काटेर काठमाडौं गएका उनका सहयोगी डाक्टर अमृत जैशीले बताए ।



    उनी अहिले पौने ५ बजेश्री एयरलाइन्समार्फत काठमाडौं प्रस्थान गरेका हुन् ।

    स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारमा संलग्न डाक्टरले केसीलाई काठमाडौं जान सुझाव दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार