Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रेमगीत–३ भारतका ५ सय हलमा एकैसाथ प्रदर्शन हुँदै

    प्रेमगीत–३ भारतका ५ सय हलमा एकैसाथ प्रदर्शन हुँदै

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 813
    SHARES

    काठमाडौंं । नेपाली चलचित्र प्रेमगीत–३ को हिन्दी भर्सन भारतका पाँच सय हलमा एकैसाथ रिलिज हुने भएको छ।

    शो पाएका अधिकांश भारतीय हलले बुकिङ खुलाइसकेको बलिउड हंगमाले जनाएको छ।



    ७ असोजदेखि नेपालमा समेत प्रदर्शनमा आउन थालेको प्रेमगीत–३ लाई भारतीय दर्शकले ७५ रुपैयाँ भारुमा हेर्न पाउनेछन्।



    नेपाल र भारतसहित प्रेमगीत–३ युएई, बेलायत, क्यानडा, अमेरिका, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया र युरोपका अन्य देशसहित ५०० स्क्रिनमा रिलिज हुनेछ।

    प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

    यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुँदै छ।

    फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, प्रेम पुरीलगायत कलाकारले अभिनय गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार