Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • श्रीलंकामा ८४ प्रतिशतले खाद्यान्नको मूल्य वृद्धि

    श्रीलंकामा ८४ प्रतिशतले खाद्यान्नको मूल्य वृद्धि

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 843
    SHARES

    कोलम्बो । श्रीलंकाको वार्षिक मुद्रास्फीति दर अगस्टमा ७० प्रतिशतभन्दा बढी पुगेको छ ।

    देश ७० वर्षपछिकै सबैभन्दा खराब आर्थिक संकटसँग संघर्ष गरिरहेको छ ।



    आधिकारिक तथ्यांकले पनि खाद्यान्नको मूल्य एक वर्ष अघिको तुलनामा ८४.६ प्रतिशतले बढेको देखाएको छ ।



    २२ मिलियन जनसंख्या भएको दक्षिण एसियाली राष्ट्र यस वर्ष विदेशी मुद्राको अभावमा आर्थिक र राजनीतिक अराजकतामा फसेको थियो ।

    देशले इन्धन, मल र औषधिलगायत प्रमुख आयात धान्न सकेको छैन ।

    गत हप्ता सार्वजनिक गरिएको आधिकारिक तथ्यांकले अगस्टको अन्त्यसम्मको तीन महिनामा अर्थतन्त्र ८.४ प्रतिशतले संकुचित भएको देखाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार