Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • उत्तर कोरियाद्वारा रुसलाई हतियार बेचेको अमेरिकी दाबी अस्वीकार

    उत्तर कोरियाद्वारा रुसलाई हतियार बेचेको अमेरिकी दाबी अस्वीकार

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 792
    SHARES

    एजेन्सी। उत्तर कोरियाले रुसलाई हतियार बेचेको अमेरिकी दाबीलाई अस्वीकार गरेको छ ।

    बिबिसीका अनुसार उत्तर कोरियाले रुसलाई हतियार बिक्री नगरेको र त्यस्तो गर्ने योजना नरहेको बताएको छ ।



    अमेरिकी अधिकारीहरूले यसअघि रुसले रकेट र आर्टिलरी गोलाहरू किन्न उत्तर कोरियातर्फ जान सक्ने बताएका थिए।



    त्यसबेला रुसले पनि त्यस्ता समाचारको खण्डन गरेको थियो । दुई देशबीचको हतियारको कारोबार संयुक्त राष्ट्र संघको प्रतिबन्धको उल्लङ्घन हुनेछ।

    उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले उत्तर कोरियाको रक्षा मन्त्रालयका एक जना अज्ञात अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘हामीले रुसलाई कहिले पनि हतियार वा गोलाबारुद बेचेका छैनौं र बेच्ने योजना पनि छैन।’

    उत्तर कोरियाले अमेरिका लगायत अन्य ‘विपक्षी शक्तिहरू’ लाई आफ्नो मुख्य राजनीतिक र सैन्य लक्ष्यहरू पछ्याउन अफवाह फैलाएको आरोप लगाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार