Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • व्याजदर बढाएपछि बैंक तथा वित्तीय संस्थालाई कस्दै अर्थमन्त्री

    व्याजदर बढाएपछि बैंक तथा वित्तीय संस्थालाई कस्दै अर्थमन्त्री

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 864
    SHARES

    काठमाडौं । व्याजदर बढाएपछि बैंक तथा वित्तीय संस्थालाई अर्थमन्त्री जनार्दन शर्माले कस्ने संकेत गरेका छन् । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर वृद्धि गरेसँगै कर्जाको ब्याजदर पनि अकासिएका बेला यस्तो संकेत गरेका हुन् ।

    बिहिबार ‘नाडा ईभी एक्स्पो २०२२’ को उदघाटनका क्रममा अर्थमन्त्री शर्माले यस्तो बताएक हुन् । बैंकहरूमा पैसा राख्दा १५ प्रतिशतसम्म ब्याज पाइने भएपछि नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी हुन नसकेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।



    उद्योगमा लगानी गर्दा ८/१० प्रतिशत ब्याज आउने तर बैंकमा राख्दा १५ प्रतिशत र जग्गामा लगाउँदा दुई गुणा बढी ब्याज प्राप्त हुने भएपछि उत्पादनमूलक क्षेत्रमा लगानी निरुत्साहित भइरहेको उनको भनाइ छ ।



    बैंक तथा वित्तीय संस्थाले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको १२.१३ प्रतिशत पुर्‍याएका छन् । त्यस्तै, केही बैंकले रेमिट्यान्समार्फतको निक्षेपमा १५‍.१३ प्रतिशत ब्याज दिने घोषणा पनि गरेका छन् ।

    बैंकले बढाएको यही ब्याजदरलाई इंकित गर्दै अर्थमन्त्री शर्माले त्यसमा सरकारले हस्तक्षेप गर्ने बताएका हुन् । ब्याजदरका विषयमा आफूले सम्बन्धित निकायका प्रतिनिधिहरूसँग छलफल गरिरहेको मन्त्री शर्माको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार