Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • भोलिबाट विश्वभर प्रदर्शन हुँदै प्रेमगीत ३, अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घरमा हाउस फुल

    भोलिबाट विश्वभर प्रदर्शन हुँदै प्रेमगीत ३, अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घरमा हाउस फुल

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 927
    SHARES

    काठमाडौँ । नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ । प्रदर्शन हुनुअघि नै भारतीय सिनेमा घर हाउस फुल हुने देखिएको छ ।

    अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर पनि हाउस फुल हुने देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।



    चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ । बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले बताए ।



    भारतमा फिल्मलाई जी–म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गर्न लागेको हो।

    प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मलाई सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।

    फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, मनीष राउत, प्रेम पुरीलगायत कलाकारले अभिनय गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार