Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • डेंगु संक्रमणबाट २५ जनाको मृत्यु, संक्रमितको संख्या २० हजार नजिक

    डेंगु संक्रमणबाट २५ जनाको मृत्यु, संक्रमितको संख्या २० हजार नजिक

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । डेंगु संक्रमणबाट यस वर्ष मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ५ गतेसम्म संक्रमितको संख्या १९ हजार ७६६ र मृतकको संख्या २५ पुगेको हो ।



    हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौंमा पाँच हजार ४२२ जनामा संक्रमण पुष्टि भएको छ ।



    त्यस्तै, ललितपुरमा पाँच हजार २०६ र भक्तपुरमा ७८६ गरी उपत्यकामा डेंगु संक्रमितको संख्या एघार हजार ४१४ पुगेको छ ।

    उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार