Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • १२ बुँदे सम्झौता दिल्लीमा नभएको डा. भट्टराईको दाबी

    १२ बुँदे सम्झौता दिल्लीमा नभएको डा. भट्टराईको दाबी

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 963
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीमा भएको भनेर गरिएको प्रचार गलत भएको दावी गरेका छन् ।

    बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले थापाको पुस्तकमा तत्कालीन ७ राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे सम्झौतालाई भारतमा भएको भनेर लेखिएको कुरा तथ्यसंगत नभएको बताए ।



    उनले भने, ‘१२ बुँदे समझदारी दिल्लीमा गएर त्यसपछि दिल्ली हस्तक्षेपमा प्रवेश गर्यो भन्ने कुरा सत्य थिएन, १२ बुँदेको सुरुवात हामीले नै गरेका थियौ । केपी ओली, म र नारायणकाजी ड्राफ्ट गर्दा हुनुहुन्थ्यो र अन्तिम रुप प्रचण्ड र गिरिजाबाबुहरुले गर्नुभएको हो । यस्ता कुरा इतिहासमा दोहोरिँदा अन्याय हुन्छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार