Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै सर्वोच्चमा पाँच रिट

    नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै सर्वोच्चमा पाँच रिट

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित भएको नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरी संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा रिट परेको छ । कानुन व्यवसायीहरुले पाँचवटा रिट दर्ता गरेका छन् ।

    राष्ट्रपति कार्यालयले दोस्रोपटक संसद्को दुवै सदनबाट बहुमतले पास भएको नेपाल नागरिकता ऐन, २०६३ को संसोधन गर्न ल्याएको विधेयक प्रमाणीकरण नगरेपछि राष्ट्रपति कार्यालय, शीतलनिवासविरुद्ध रिट परेको हो ।



    संसद्का दुवै सदनबाट दोहोर्‍याएर पारित भएको नागरिकता विधेयकलाई समयसीमाभित्र प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध पाँचवटा रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ । राष्ट्रपतिविरुद्ध अधिवक्ता डा सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतका अधिवक्ताहरुले रिट दायर गरेका हुन्।



    प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षद्वारा दोस्रोपटक प्रमाणीकरणका लागि पेस गर्दा राष्ट्रपतिद्वारा उक्त विधेयकलाई प्रमाणीकरण गर्ने समयसीमाभित्र नेपालको संविधानको धारा ११३ को उपधारा ४ अनुसार प्रमाणीकरण नगरी नेपालको संविधानको धारा ११३ (४) को उल्लंघन गरेको रिटमा उल्लेख छ ।

    पाँचवटै रिटलाई एउटै इजलासमा राखेर सुनुवाइ गरिने बताइएको छ । रिटमाथि प्रारम्भिक सुनुवाइको लागि शुक्रबार पेसी तोकिएको छ । सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेमा राष्ट्रपतिले विधेयकलाई प्रमाणीकरण गर्नुपर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार