Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पेस्तोल र ग्रिनेटसहित नेकपा (बहुमत) का नेता पक्राउ

    पेस्तोल र ग्रिनेटसहित नेकपा (बहुमत) का नेता पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 792
    SHARES

    जाजरकोट । जाजरकोटमा एक जनालाई प्रहरीले पेस्तोल र ग्रिनेटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा इन्द्रबहादुर शाही (नविन) रहेका छन् ।

    उनलाई पाँच राउन्ड गोली भएको पेस्तोल र प्लाष्टिक हेन्ड ग्रिनेटसहित जाजरकोट नलगाड-६ सिर्केबाट प्रहरीले पक्राउ गरेको हो । उनी नेपाल कम्युनिष्ट पार्टी (बहुमत) जिल्ला सम्मेलन आयोजक कमिटीका सदस्य रहेको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार उनको साथबाट दुई एमएम नौ राउन्ड, मेड इन युएसए लेखेको पेस्तोल एचजिलट ४ लेखिएको तयारी अवस्थामा रहेको प्लाष्टिक हेण्ड ग्रिनेट फेला पारी पक्राउ गरिएको हो ।



    उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिएकामा सात दिनको म्याद दिएर अनुसन्धान गर्न आदेश दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार