Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • दसैंलाई लक्षित सुरक्षा व्यवस्था

    धनगढी बसपार्कसहित कैलालीका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना

    धनगढी बसपार्कसहित कैलालीका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 1K
    SHARES

    कैलाली । विगतका वर्षझैं यसवर्ष पनि चाडपर्वको समयमा यात्रुहरू ठगिन सक्ने समस्यालाई मध्यनजर गरी कैलालीस्थित धनगढी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढी बसपार्कमा बिहीबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

    चाडवाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए । सहायता कक्षमा अपराध, दुव्र्यवहार, यात्रुले भोग्नुपरेका समस्या राख्न सकिने उनले बताए ।



    चाडपर्वको समयमा सवारी साधानहरुले क्षमताभन्दा बढी यात्रु सवार गराउने, बढी भाडा असुल्ने र यात्रुलाई अनावश्यक दुःख दिने प्रबृत्तिलाई रोक्न नागरिक सहायता कक्षको स्थापना गरिएको उनको भनाई छ । दसैँका लागि टिकट खुलेसँगै कैलालीका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    प्रहरी निरीक्षक सिंहका अनुसार लम्की, चिसापानि, सुख्खड, चौमाला, टिकापुर, गोदावरी, फल्टुडे र त्रिनगरमा सहायता कक्ष स्थापना गरिएको हो । उनले यात्रुहरुको पिरमर्का तत्काल सुनुवाई गरी समस्या समाधान गरिने प्रतिबद्धता जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार