Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई आजीवन कैद

    चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई आजीवन कैद

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 858
    SHARES

    एजेन्सी । चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई घुस लिएको अभियोगमा आजीवन कैद गरिएको छ । विगतमा भ्रष्टाचारविरुद्धका थुप्रै अभियानको नेतृत्व गरेका उनलाई घुस लिएको अभियोगमा कारावास चलान गरिएको हो ।

    उनलाई गत जुलाईमा व्यक्तिगत फाइदाका लागि उपहार र नगद १ करोड ४७ लाख अमेरिकी डलर घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो ।



    बिहीबार चाँगचुनस्थित एक अदालतले दुई वर्षपछि उनलाई सुनाइएको मृत्युदण्ड आजीवन कारावासमा परिवर्तन हुनेगरी निर्णय सुनाएको हो ।



    चिनियाँ कम्युनिस्ट पार्टीको आगामी महिना बस्ने कंग्रेसको सम्मुख अचानक थुप्रै अधिकारीहरूमाथि छानबिन सुरु भएकोबेला उनलाई यो सजाय सुनाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार