Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चाडपर्व नजिकिएसँगै स्वदेशतिर लर्को

    चाडपर्व नजिकिएसँगै स्वदेशतिर लर्को

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 678
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रोजगारी क्रममा बाहिरिएका नेपाली दसैं–तिहार–छठ पर्व नजिकिएसँगै फर्किन थालेका छन् ।

    छिमेकी मुलुक भारत गएका अधिकांश नेपाली चाडपर्वका समय स्वदेश फर्कने गरेका छन् । खेतीपाती सकेर अन्नबाली नभित्रिन्जेल भारतमै श्रम गर्ने र चाडबाड नजिकिएसँगै उनीहरू घर आउने गरेको क्रम बढेको छ ।



    भारतका विभिन्न सहर पसेका नेपाली चाडपर्व नजिकिएसँगै कैलाली त्रिनगर भन्सार नाकाबाट दैनिक भित्रिरहेको सीमास्थित सशस्त्र प्रहरी पोस्ट भन्सारले जनाएको छ ।



    सशस्त्र प्रहरी पोष्टका अनुसार भारतका मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, गोवा, दिल्लीलगायत सहरबाट हालसम्म १ हजार १ सय ५३ जना भित्रिएका छन् । चाडपर्व नजिएकाले भारत जानेभन्दा स्वदेश फर्किनेको संख्या ह्वात्तै बढ्न थालेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार