Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • परिचय पाटीको शुल्क बुझाउन काठमाडौँ महानगरको ३० दिने ‘अल्टिमेटम’

    परिचय पाटीको शुल्क बुझाउन काठमाडौँ महानगरको ३० दिने ‘अल्टिमेटम’

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 756
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन व्यवसायी र संघसंस्थालाई निर्देशन दिएको छ ।

    केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन निर्देशन दिएको हो ।



    महानगर क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ।



    सो अवधिभित्र शुल्क नबुझाएमा वा तोकिएको भन्दा ठूलो परिचयपाटी राखिएको पाइएमा महानगरले त्यस्ता परिचयपाटी तत्काल हटाउने समेत चेतावनी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार