Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, ५ घाइते

    दार्चुलामा जीप दुर्घटना : एक जनाको मृत्यु, ५ घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 672
    SHARES

    फाइल फोटो

    दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा गए राति जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।

    मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् ।



    उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेले जानकारी दिए।



    मार्मा गाउँपालिकाको लटिनाथबाट अपिहिमालको मकरीगाडतर्फ जाँदै गरेको म१ज २३३ नम्बरको जीप दुर्घटनामा परेको हो ।

    जीप सडकबाट झण्डै २०० मिटर तल खसेको र त्यसमा चालकसहित नौजना सवार रहेका अपिहिमाल गाउँपालिका–५ का वडाध्यक्ष राजेन्द्रसिंह धामीले बताए ।

    तीन जनाको प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका छन् । घाइते पाँच जनाको लटिनाथ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार