Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • सभामुख र उपसभामुख पद खाली गराउन दायर गरेको रिटमाथि सुनुवाइ आज

    सभामुख र उपसभामुख पद खाली गराउन दायर गरेको रिटमाथि सुनुवाइ आज

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सभामुख अग्नि सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा पनि आजै सुनुवाइ हुँदैछ । बिहीबार परेको रिटमाथि सुनुवाइका लागि शुक्रबार पेसी तोकिएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कानुन मन्त्रालय र संघीय संसद् सचिवालयलाई विपक्षी बनाई अधिवक्ताहरू किशोर पौडेल, जगन्नाथ दुलाल र अनुपम भट्टराईले सो रिट दायर गरेका थिए ।



    उनीहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउने अघिल्लो दिन नै सभामुख सापकोटा र उपसभामुख भुसालको पदावधि सकिएको दाबी गर्दै रिट दायर गरेका हुन् ।



    संविधानले र विगतको अभ्यासले पनि प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनबाट सभामुख र उपसभामुख पद पनि रिक्त हुने दाबी रिटमा गरिएको छ।

    रिटमा दुवैको कार्यकाल सकिएकाले उक्त पद खाली गर्नू भनी अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा माग गरिएको छ। सभामुख र उपसभामुखको पदावधि सकिँदा पनि राज्यस्रोत, साधन तथा प्राप्त सेवा सुविधाहरुको प्रयोग गरिरहनु संविधान विपरीत भएको रिटमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार