Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • आजको मौसम : यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    आजको मौसम : यी पाँच प्रदेशमा बिहानैदेखि वर्षा, सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 576
    SHARES

    फाइल तस्विर

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसकारण देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    प्रदेश १, मधेस, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



    आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । तराई भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार