Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • निफ्राले सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने

    निफ्राले सेयरधनीलाई ४ प्रतिशत लाभांश दिने

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 804
    SHARES

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा संचित नाफाबाट सो बराबरको नगद लाभांश दिने भएको हो ।

    कम्पनीको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।



    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन्। हाल बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।



    संचालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र निफ्राको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । निफ्राले दिन लागेको यो नगद लाभांशबाट नै कर काटिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार