Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • महानगरले खाली गराएको अन्डरग्राउण्डमा सुरू भयो भूमिगत पार्किङ

    महानगरले खाली गराएको अन्डरग्राउण्डमा सुरू भयो भूमिगत पार्किङ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 690
    SHARES

    काठमाडौं । काठमाडौँ महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएका भवनमा पार्किङ सुरू भएको छ ।

    बानेश्वर प्लाजामा आजदेखि सवारीसाधनको पार्किङ सुरू गरिएको हो ।



    भदौ ६ गते महानगरको टोलीले यहाँको अण्डरग्राउण्ड पार्किङ खुला गराएको थियो । दुई पाङग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ शुल्क लिएर पार्किङ सुरू गरिएको छ ।



    अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै सूचनामार्फत हटाउन दिइएको समयमा अटेरी गरेपछि महानगर ‘एक्सन’ मा उत्रिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार