Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • चुनावी तालमेलबारे छलफल गर्न लोसपाद्धारा ६ सदस्यीय कार्यदल गठन, संयोजकमा राजेन्द्र महतो

    चुनावी तालमेलबारे छलफल गर्न लोसपाद्धारा ६ सदस्यीय कार्यदल गठन, संयोजकमा राजेन्द्र महतो

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 720
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले  एमालेसहितका अन्य पार्टीहरूसँग चुनावी तालमेलबारे छलफल गर्न कार्यदल गठन गरेको छ ।

    लोसपाले चुनावी तालमेलबारे छलफल गर्न वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो ।



    समितिमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।



    कार्यदल गठन गर्दै अध्यक्ष महन्थ ठाकुरले एमालेसहित अन्य विचार मिल्ने पार्टीहरूसँग सहकार्य गर्ने वातावरणका लागि छलफल गर्ने जिम्मेवारी दिएका छन् ।

    यो समितिले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न वार्ता गर्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार