Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • भ्युटावर बनाउने भन्दै १५ लाख अनियमितता गर्ने सामुदायिक वनका पदाधिकारीविरुद्ध मुद्दा दर्ता

    भ्युटावर बनाउने भन्दै १५ लाख अनियमितता गर्ने सामुदायिक वनका पदाधिकारीविरुद्ध मुद्दा दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 810
    SHARES

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्युटावर बनाउने भन्दै अनियमितता गर्ने सामुदायिक वनका पदाधिकारीविरुद्ध मुद्दा दर्ता गरेको छ ।

    आयोगले बाँकेको कोहलपुर नगरपालिका वडानम्बर ४, रोहिणीस्थित सिर्जना सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।



    समूहले भ्युटावर निर्माणमा १५ लाख ८ हजार ६०९ रुपैयाँ अनियमितता गरेको भन्दै आयोगले तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।



    भ्यु टावर निर्माणका लागि लागत इष्टिमेट, नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार नगरी भ्युटावर निर्माणमा १५ लाख ८ हजार ६०९ रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियारले शुक्रवार मुद्दा दर्ता गरेको हो ।

    आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ मा भ्युटावर निर्माणको लागि वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिई १५ लाख ८ हजार ६०९ खर्च गरी गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरेको अख्तियारको दाबी छ ।

    जसबाट सार्वजनिक सम्पत्तिको हानी-नोक्सानी गरेको भन्दै मुद्दा दर्ता गरिएको हो । अख्तियारले भ्युटावर निर्माण गर्ने वन उपभोक्ता समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष विनुकुमारी पाण्डे र सचिव दिलमाया रानालाई प्रतिवादी बनाई शुक्रवार विशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार