Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टिम आज नेपाल आउँदै

    मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टिम आज नेपाल आउँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली आज शुक्रबार नेपाल आउँदैछ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशको टोली शुक्रबार राति नेपाल आउने जनाएको छ । बंगलादेशको टोली राति ९:१५ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।



    बंगलादेशले नेपालसँग असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जुन फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल हो ।



    खेलका लागि एन्फाले साधारणतर्फको टिकट ५०० र भिआइपी टिकट एक हजार तोकेको छ ।

    बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् ।

    जसमा दुई जना नयाँ अनुहारले स्थान बनाएका छन् । ऋतिककुमार खड्का र आशिष चौधरी पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार