Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

    डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 750
    SHARES

    काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट हालसम्म २७ जनाले मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २७ जनाको डेंगुबाट मृत्यु भएको हो ।



    यसैगरी गत साउनदेखि हालसम्म देशभर २१ हजार ३५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।



    जसमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा १६ हजार २३६ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    यस्तै, लुम्बिनीमा २ हजा ७ सय ४३, सुदूरपश्चिममा ७ सय ५८, प्रदेश १ मा ५ सय ८५, गण्डकीमा ४९६, मधेश प्रदेशमा ३ सय ५, कर्णालमा २ सय २९ जनामा संक्रमण देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार