Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • घोषणापत्रका लागि विभिन्न माध्यममार्फत सुझाव दिन कांग्रेसको आह्वान

    घोषणापत्रका लागि विभिन्न माध्यममार्फत सुझाव दिन कांग्रेसको आह्वान

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 714
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले घोषणापत्रका लागि सर्वसाधारणबाट सुझाव संकलन गर्ने भएको छ ।

    शुक्रवार सूचना प्रकाशित गर्दै कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार गरिरहेको घोषणापत्रलाई विभिन्न माध्यमबाट सुझाव मागेको हो ।



    विभिन्न प्रविधिमार्फत कांग्रेसका समर्थक शुभचिन्तक तथा सर्वसाधारणले सुझाव दिन सक्ने घोषणापत्र तयारी समितिका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।



    ह्वाट्स एप, भाइबर, इमो, आफ्नो आवाज रेकर्ड गरेर, डिजिटल फर्म, इमेल, ट्विटर, फेसबुकबाट सुझाव पठाउन सकिने प्रकाशित सूचनामा भनिएको छ । उपयुक्त सुझावलाई घोषणापत्रमा समावेश गरिने समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार