Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप कमजोर

    अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप कमजोर

    अनलाइन नेपाल
  • शुक्रबार, ७ असोज २०७९
  • 711
    SHARES

    फाइल तस्विर

    काठमाडौं । स्वास्थ्य क्षेत्रको सुधारको मागसहित अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । विगत ११ दिनदेखि कैलालीको धनगढीबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था थप बिग्रँदै गएको हो ।

    विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जानकारी दिए ।



    उनका अनुसार हरेक दिन बिराएर गरिएका प्रयोगशाला परीक्षणको रिपोर्टअनुसार शरीरमा इलेक्ट्रोलाइट्सको मात्रा घट्दै गइरहेको छ । इलेक्ट्रोलाइट्सको आपूर्तिका लागि डा केसीले अस्वीकार गरिरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



    डा. केसीको दिसामा रगत देखिने समस्या देखिएपछि अस्पतालमा भर्ना गरेपछि अहिले भने दिसामा रगतको देखा नपरेको अस्पतालले जनाएको छ । डा. केसीको दिसामा रगत देखापरेको लगायतका समस्या उत्पन्न भएपछि यही असोज ६ गते बेलुका अस्पतालमा भर्ना गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार