Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • इङ्ग्यान्डसँगको तेस्रो टी–२० खेलमा पाकिस्तान ६३ रनले पराजित

    इङ्ग्यान्डसँगको तेस्रो टी–२० खेलमा पाकिस्तान ६३ रनले पराजित

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । इङ्ग्यान्डसँगको तेस्रो टी–२० क्रिकेटमा पाकिस्तान पराजित भएको छ ।

    गएराति कराचीमा भएको खेलमा पाहुना टोली इङ्ग्यान्डले पाकिस्तानलाई ६३ रनले हराएको हो । जितसँगै ७ खेलको शृङ्खलामा इङ्ग्यान्डले २–१ को अग्रता बनाएको छ ।



    इङ्ग्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन मात्रै बनाउन सक्यो ।



    त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो ।

    दोस्रो टी–२० मा घरेलु टोली पाकिस्तानले १० विकेटको कीर्तिमानी जित निकालेको थियो भने पहिलो खेलमा इङ्ग्यान्ड ६ विकेटले विजयी भएको थियो । दुई देशबीचको चौथो टी–२० भोलि हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार