Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अफगानिस्तानको मस्जिदमा बिस्फोट : सातको मृत्यु, कम्तिमा ४० घाइते

    अफगानिस्तानको मस्जिदमा बिस्फोट : सातको मृत्यु, कम्तिमा ४० घाइते

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 807
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा कार बम बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । सो विस्फोटमा परेर कम्तिमा ४० जना घाइते भएका छन् ।

    शुक्रबारको नियमित प्रार्थनाका क्रममा भएको श्रृंखलावद्ध बम बिस्फोटमा ती व्यक्ति मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।



    तालिवानी अधिकारीहरुका अनुसार गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या अझै बढ्नसक्ने छ । सो बिस्फोटका हालसम्म कसैले पनि जिम्मा लिएको छैन ।



    आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल माफी टकोरले मस्जिद नजिकै मुख्य सडकमा बिस्फोट भएको र सो घटनाको अनुसन्धान भइरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार