Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो, कोरोनाका कारण थप १ जनाको मृत्यु

    डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो, कोरोनाका कारण थप १ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।



    मन्त्रालयका अनुसार आज थप ११६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ ।



    योसँगै नेपालमा कोभिड–१९ को महामारीमा १२ हजार १७ जनाले ज्यान गुमाइसकेका छन् ।

    डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो
    देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।

    मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७३१ जनालाई डेंगु भएको छ । लुम्बिनी प्रदेशका २ हजार ८२१ जना, सुदूरपश्चिम प्रदेशका ७७७, प्रदेश १ का ५९१, गण्डकीका ५१५, मधेश प्रदेशका ३२३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु भएको छ ।

    भक्तपुर, ललितपुर लगायतका सबभन्दा धेरै संक्रमण फैलिएको जिल्लामा खोज र नष्ट गर अभियान चलाइएको मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार