Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सरकार र डा. केसीबीच सहमति, २०औं अनशन तोड्ने तयारी

    सरकार र डा. केसीबीच सहमति, २०औं अनशन तोड्ने तयारी

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ ।

    सरकारी वार्ता टोली र डा. केसी पक्षबीच शनिबार भएको वार्तामा डा. केसीले राखेका सात बुँदे मागमा साझा समझदारी भएपछि सहमति हुने भएको हो ।



    सहमतिको प्रस्ताव तयार भइरहेको छ । सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले शनिबार नै साढे ७ बजे अनशन तोड्ने बताइएको छ । स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुधारको माग राख्दै १३ दिन देखि डा. केसी आमरण अनसनमा छन् ।



    डा केसीले भदौ २७ गतेबाट धनगढीमा अनसन सुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रिएपछि उनी चिकित्सकको सल्लाह बमोजिम तीन दिनअघि त्रिवि शिक्षण अस्पतालमा आएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार