Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थापा

    विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छ : कमल थापा

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 681
    SHARES

    फाइल तस्विर

    हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गएको बताएका छन् ।

    आज हेटौंडा–१३ पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै थापाले विदेशी प्रभाव बढेको भन्दै अहिलेको अवस्थामा राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका हुन् ।



    उनले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धि, भ्रष्टाचार अन्त्यको निमित्त राष्ट्रवादी शक्ति एकठाँउमा आउनुपर्ने आवश्यकता औंल्याए ।



    अध्यक्ष थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्नसमेत उनको आग्रह थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार