Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • चाडपर्वलक्षित सुरक्षा योजना : वाग्मती प्रदेशमा पाँच हजार ३३२ प्रहरी परिचालन हुने

    चाडपर्वलक्षित सुरक्षा योजना : वाग्मती प्रदेशमा पाँच हजार ३३२ प्रहरी परिचालन हुने

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 747
    SHARES

    मकवानपुर । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले दसैँ, दीपावली र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । त्यसका लागि पाँच हजार ३३२ प्रहरी परिचालन हुने जनाइएको छ ।

    वाग्मती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको उपस्थितिमा विशेष सुरक्षा योजना सार्वजनिक गर्दै लागु गर्न निर्देशन समेत दिएकी छन् । चाडपर्वको समयमा हुने आपराधिक गतिविधिलाई नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागु गरिएको बज्राचार्यले जानकारी दिइन् ।



    वाग्मती प्रदेशअन्तर्गतका १० जिल्लाहरूमा प्रभावकारी सुरक्षा व्यस्थापनका लागि प्रदेश प्रवेश गर्ने सीमानाकामा नियमित र अपर्झट जाँचको व्यवस्था मिलाउने, मोबाइल गस्ती परिचालन, प्रमुख धार्मिकस्थल, बैंकिङ तथा वित्तीय संस्थाहरूमा प्रहरी परिचालन, जिल्ला प्रशासनको समन्वयमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गर्नेलाई नियन्त्रण गर्न बजार अनुगमनको व्यवस्था मिलाउने रहेको उनले बताइन् ।



    साथै, सुरक्षा निकाय समेतको सहभागितामा झैझगडा तथा जुवातास एवम् घरेलु मदिरा नियन्त्रण गर्ने, लागुपदार्थ तथा मादकपदार्थ सेवनसम्बन्धी जाँचको व्यवस्था मिलाउने, बसपार्कमा महिला प्रहरी र ट्राफिक प्रहरीसहितको यात्रु सहायताकक्ष स्थापना गरी २४आँै घण्टा प्रहरी परिचालन गरिनेछ ।

    न्यिदब िदबलप
    यस्तै, सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन, सवारीसाधनका गति नियन्त्रणका लागि रङरोगनसहितको विशेष ट्राफिक जाँच गर्ने, प्रमुख राजमार्गमा रात्रिकालीन बेस स्थापना गर्ने योजना रहेको बताइएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार