Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

    सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारसँगको सहमतिपछि डा. गोविन्द केसीले अनशन तोडेका छन् । १३ दिनदेखि अनशन बसेका डा. केसी र सरकारबीच १० बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् ।

    सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरी र अर्मन अंसारीको हातबाट जुस पिएर उनले अनसन तोडेका हुन् ।



    डा. केसी र सरकारबीच साझा समझदारी भएपछि सहमति भएको छ । सरकारी वार्ता टोली र डा।केसीले सहमतिमा हस्ताक्षर गरेका छन् ।



    डा. केसीले भदौ २७ गतेबाट धनगढीमा अनसन सुरु गरेका थिए। उनी पछिल्लो तीन दिनदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत थिए। तोकिएको दरबन्दीअनुसार चिकित्सक खटाउने सहमति भएको छ ।

    यस्तै स्थानीय तहले निःशुल्क खरिद गर्नुपर्ने औषधिहरू प्रकृया पुर्‍याएर खरिद गर्ने विषयमा पनि सहमति भएको छ। गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कार्य अघि बढाउने लगायतका विषयमा सहमति बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार