Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • नेपाल प्रहरीका तीन एसएसपीको काज सरुवा, को कहाँ पुगे ?

    नेपाल प्रहरीका तीन एसएसपीको काज सरुवा, को कहाँ पुगे ?

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 990
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका तीनजना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को काज सरुवा भएको छ ।

    शुक्रबार गृहमन्त्री बालकृष्ण खाणले एसएसपी सरुवा गर्ने निर्णय गरेका हुन् । सरुवा सूची अनुसार गृह मन्त्रालयले बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ ।



    बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । तालिम केन्द्रमा काज सरुवा गरिएका घिमिरे लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा कार्यरत थिए ।



    सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपककुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार