Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • यी हुन् कांग्रेसको बन्दसूचीमा परेका ११० समानुपातिक उम्मेदवार [नामावलीसहित]

    यी हुन् कांग्रेसको बन्दसूचीमा परेका ११० समानुपातिक उम्मेदवार [नामावलीसहित]

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएको छ ।

    शेखर कोइराला समूहले आगामी चुनावमा कांग्रेसभित्र ४० प्रतिशत सिट नपाए विद्रोह गर्ने चेतावनी दिइरहेका बेला देउवानिकट नेताहरुको समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक भएको हो ।



    जसमा नेता विमलेन्द्र निधिदेखि प्रधानमन्त्री पत्नी आरजु राणा देउवा, गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणसम्म समावेश भएका छन् ।



    प्रतिनिधिसभातर्फ बन्दसूचीमा निधिको नाम पहिलो नम्बरमा छ । बन्दसूचीमा सभापति देउवानिकट नेतामात्रै होइन व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई पनि राखिएको छ । निधिसहित नेताहर फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशशरण महत, डा. चन्द्रमोहन यादव लगायतको नाम समावेश गरिएको छ।

    शेखर समूहले प्रत्यक्षतर्फको मात्रै नभई असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूची पनि सच्याउनुपर्ने माग गरेका छन् । निर्वाचन आयोगले दिएको असोज १६ सम्मको समयसीमामा संस्थापनइतर समूहबाट ४० प्रतिशतको हाराहारीमा उम्मेदवार राखिनुपर्ने माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार