Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • आपूर्ति असफल भएपछि पुटिनद्धारा जनरल बुल्गाकोभ बर्खास्त

    आपूर्ति असफल भएपछि पुटिनद्धारा जनरल बुल्गाकोभ बर्खास्त

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसी सेनाको लजिस्टिक व्यवस्थापन फितलो गरेको आरोपमा जनरललाई बर्खास्त गरेका छन् ।

    उपरक्षा मन्त्री जनरल दिमित्री बुल्गाकोभलाई उनको भूमिकाबाट हटाइएको हो ।



    जनरल बुल्गाकोभले सन् २००८ देखि सेनाको लजिस्टिक अपरेसन चलाउँदै आएका थिए । सन् २०१५ मा सिरियामा रुसी सेनाको तैनाथीपछि आपूर्ति गर्ने जिम्मेवारी उनी नै थिए ।



    मन्त्रालयले ६७ वर्षीय बुल्गाकोभलाई नयाँ भूमिकामा सरुवा गरिएको जनाइएको छ । उनको स्थानमा कर्णेल जनरल मिखाइल मिजिन्त्सेभ हुनेछन्, जसले बन्दरगाह सहर मारिउपोलमा मस्कोको क्रुर घेराबन्दीको व्यवस्थापन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार