Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • बिदामा रहेका केयूकेएलका सीईओको राजीनामा माग्दै कार्यकक्षमा तालाबन्दी

    बिदामा रहेका केयूकेएलका सीईओको राजीनामा माग्दै कार्यकक्षमा तालाबन्दी

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 750
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यको कार्यकक्षमा तालाबन्दी भएको छ ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सीईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै राजीनामा माग्दै तालाबन्दी गरेका हुन् ।



    केयूकेएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्य तुरुन्तै राजीनामा माग गर्दै उनको कार्यकक्षमा संगठनका कर्मचारीहरुले तालाबन्दी गरेका हुन् ।



    शाक्यले ४ वर्षको कार्यकालका लागि नियुक्ति पाएको २ वर्ष पुग्दासम्म उल्लेख्य रुपमा राजस्व संकलन गर्न नसकेको, मनपरी ढंगबाट कर्मचारीको जिम्मेवारी हेरफेर गर्दै आर्थिक लाभ लिएको लोकतान्त्रिक कर्मचारी संघकी अध्यक्ष सारदा कडायतको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार