Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लिङ्देनकाे प्रस्ताव- संघ र स्थानीय सरकार बलियो पारौँ, प्रदेश खारेज गरौँ

    लिङ्देनकाे प्रस्ताव- संघ र स्थानीय सरकार बलियो पारौँ, प्रदेश खारेज गरौँ

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 666
    SHARES

    फाइल तस्विर

    महोत्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कम्युनिष्ट र कांग्रेसका केही नेताले देशलाई चक्रब्यूहमा पारेको आरोप लगाएका छन् ।

    ०४६ सालको राजनैतिक परिवर्तनपछि मुट्ठिभरका केही नेताले देशको हालत दयनीय बनाएको उनको दाबी छ ।



    शनिवार महोत्तरीको बर्दिबासमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता लिङ्देनले नेताहरूले नेपालको निर्णायकत्व विदेशीलाई सुम्पेको र विदेशीको चाहनाअनुसार सरकार चलेको समेत आरोप लगाए ।



    यो व्यवस्थाबाट देश भ्रष्टाचारको दलदलमा फसेको र यसको संरक्षणकर्ता पनि नेताहरू रहेको बताए । ‘सामान्य जागिर खानका लागि घुस खुवाउनुपर्छ, समाजले पनि घुस्याहलाई राम्रो मान्छ,’ उनले भने । उनले प्रदेशलाई खारेज गर्नुपर्ने बताए ।

    संघ र स्थानीय सरकारलाई सशक्त बनाए प्रदेशको जरुरत नै नपर्ने उनको सुझाव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार