Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • शेयर बजार झन्डै २४ अङ्कले घटेर राताम्मे, कारोबार रकम १ अर्ब माथि

    शेयर बजार झन्डै २४ अङ्कले घटेर राताम्मे, कारोबार रकम १ अर्ब माथि

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेर राताम्मे भएको छ ।

    शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८३ अङ्कले घटेर एक हजार आठ सय १५ दशमलव १३ विन्दुमा झरेको छ ।



    ९ मंसिर २०७७ मा १८१०.१५ अंकमा रहेको नेप्से १० मंसिर २०७७ मा १८७५.१० अंकमा बन्द भएको थियो । त्यसपछि लगातार बढेर २ भदौ २०७८ मा ३१९९.०३ अंकसम्म पुगेर ३ भदौदेखि नेप्सेमा गिरावट सुरु भएको थियो ।



    आइतबार नेप्सेको बन्द भएको बिन्दु (क्लोजिङ इन्डेक्स) २२ महिना यताकै न्यून भएपनि ‘इन्ट्रा–डे’ मा भने १० असार २०७९ मा १८०६.९५ अंकसम्म झरेको थियो ।

    नेप्सेमा गिरावट भएपनि आइतबार कारोबार रकम भने बढेर १ अर्ब नाघेको छ । गत बिहिबार ६५ करोडमा सीमित कारोबार रकम आइतबार बढेको हो ।

    आइतबार नेप्सेमा १ अर्ब ७ करोड २४ लाख ८० हजारको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार