Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ‘प्रेमगीत ३’ प्रकरणमा बोर्डको स्पष्टिकरण – आवश्यक कागजात नबुझाएकाले हिन्दी भर्जन रोकियो

    ‘प्रेमगीत ३’ प्रकरणमा बोर्डको स्पष्टिकरण – आवश्यक कागजात नबुझाएकाले हिन्दी भर्जन रोकियो

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ विवादमा पहिलोपटक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ ।

    चलचित्र विकास बोर्डले आइतबार विज्ञप्ति जारी गर्दै निर्माण टिमले आवश्यक कागजात नबुझाएकाले हिन्दी भर्जन रोकिएको स्पष्ट पारेको हो ।



    बोर्ड नेतृत्वले प्रक्रियागत ढिलासुस्ती गरेर हिन्दी संस्करण रिलिजमा अवरोध गरेको भन्ने निर्माताको आरोपको पनि बोर्डले खण्डन गरेको छ ।



    अध्यक्ष भुवन केसीद्वारा जारी प्रेस वक्तव्यमा ६ वटा प्रष्टीकरण उल्लेख छ ।

    बोर्डले हिन्दीको प्रदर्शनका लागि स्वरांकनका लागि अनुमति लिनुपर्ने तर करचुक्ता नभएका कारण कम्पनीले गत ७ गते मात्र यसको कागजपत्र बुझाएकोले ७ गते स्वरांकनको अनुमति दिएको र आइतबार हिन्दी भर्जनको सेन्सर सिफारिस दिएको जनाएको छ ।

    ‘प्रेमगीत ३’ ले अन्तर्राष्ट्रिय बजार विस्तारमा नयाँ आयाम ल्याएकोमा यस बोर्डबाट कार्यक्रम गरी सम्बन्धित पक्षलाई हौसला र प्रोत्साहन समेत गरिएको बोर्डले उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार