Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा प्रधानमन्त्रीसहित दलका प्रतिनिधिले गरे हस्ताक्षर

    निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा प्रधानमन्त्रीसहित दलका प्रतिनिधिले गरे हस्ताक्षर

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 675
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहितामा हस्ताक्षर गरेका छन् ।

    आइतबार निर्वाचन आयोगमा छलफलपछि प्रधानमन्त्री देउवाले आचारसंहितामा हस्ताक्षर गरेका हुन् ।



    आयोगले आइतबार आचारसंहितामाथि छलफलका लागि प्रमुख १२ दललाई बोलाएको थियो ।



    सत्तारुढ दलहरूको असहमतिबीच उनले आचारसंहितामा हस्ताक्षर गरे । प्रधानमन्त्री र मन्त्रीले आफ्नो बाहेक अरु क्षेत्रमा प्रचार गर्न नपाउने विषयमा असहमति राखेका थिए । अरू दलहरूले पनि आचारसंहितामा आइतबार हस्ताक्षर गरेका छन् ।

    दलहरूले आचारसंहितामा हस्ताक्षर गरेपछि लागू गर्ने आयोगको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार