Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • इंग्ल्याण्डमाथि चौथो टी–२० क्रिकेटमा पाकिस्तानको रोमाञ्चक जित

    इंग्ल्याण्डमाथि चौथो टी–२० क्रिकेटमा पाकिस्तानको रोमाञ्चक जित

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । इंग्ल्याण्डविरुद्धको चौथो टी-२० क्रिकेटमा पाकिस्तानले रोमाञ्चक जित हात पारेको छ।

    आइतबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्याण्डमाथि तीन रनको जित हात पारेको हो। पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो ।



    पाकिस्तानका लागि मोहम्मद नवाज र हरिस राउफले ३/३ विकेट लिए भने मोहम्मद होस्नेनले २ तथा मोहम्मद वासिमले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।



    पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ८८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ र आशिफ अलीले १३ रन बनाए ।

    इङ्ल्यान्डका लागि रिसी टोप्लेले २ विकेट लिए भने लियाम डसन र डेबिड विल्लेले समान एक/एक विकेट लिए । जितसँगै पाकिस्तानले ७ खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार